Kathmandu Press

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने एमाले अडान कायमै

आज (आइतबार) पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लिखित प्रेस विज्ञप्ति वाचन गर्दै एमालेले अघि सारेको माग पूरा नभएसम्म दबाबका कार्यक्रम जारी नै रहने बताए। 
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने एमाले अडान कायमै

काठमाडौं, साउन २८ : एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने अडानलाई कायमै राखेको छ।

आज (आइतबार) पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लिखित प्रेस विज्ञप्ति वाचन गर्दै एमालेले अघि सारेको माग पूरा नभएसम्म दबाबका कार्यक्रम जारी नै रहने बताए। 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको कुरा सुन्नै नचाहेको बताउँदै उनले सरकारले नै तस्करहरुलाई संरक्षण गरेको आशंका व्यक्त गरे।  ‘सरकार समितिको नाम लिन नै नचाहेर अनावश्यक अडान लिइरहेको छ,’ उनले भने, ‘माग पूरा नभएसम्म दबाबका कार्यक्रम चलाउने कुरा यथावत रहन्छ।’

सुन तस्करी प्रकरणका घटना बारम्बार दोहोरिएकाले गहिराइमा पुगेर अनुसन्धान हुनुपर्ने एमालेको माग रहेको उनले बताए। ‘सत्यतथ्यको गहिराइमा अनुसन्धान आवश्क रहेकाले स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन समिति गठन हुनुपर्छ,’ उनले भने।

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्