Kathmandu Press

पहिराले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा

पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए। पहिरासँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्‍याएको उनले बताए।
पहिराले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा
फाइल तस्बिर।

गोरखा, साउन २८ : केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन्।

पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए। पहिरासँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्‍याएको उनले बताए।

त्यस्तै पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उनको भनाइ छ । उनी भन्छन्, ‘पहिराले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छ। घर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन्।’

पहिरा रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ । थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताए।

प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उनको भनाइ छ।

प्रकाशित मिति: ११:०९ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्