Kathmandu Press

जनमत पार्टी सरकारमा सहभागी हुँदै

सिके राउत नेतृत्वको जनमत पार्टीबाट अनितादेवी साहलाई प्रधानमन्त्री दाहालले मन्त्री नियुक्त गर्न लागेका हुन्।
जनमत पार्टी सरकारमा सहभागी हुँदै

काठमाडाैं, साउन २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन्। सिके राउत नेतृत्वको जनमत पार्टीबाट अनितादेवी साहलाई प्रधानमन्त्री दाहालले मन्त्री नियुक्त गर्न लागेका हुन्।

यसअघि असार २६ गते नै जनमत पार्टीले अनितादेवीको नाम सिफारिस गरेको थियो। तर त्यसको भोलिपल्टै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि उनको नियुक्त रोकिएको थियो।

दाहाल नेतृत्वको मन्त्रिपरिषद् अहिले २५ सदस्यीय भएकाले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदा वर्तमान एक मन्त्रीलाई हटाउनु पर्नेछ।

संविधानमा मन्त्रिपरिषद गठन सम्बन्धमा प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने उल्लेख भएकाले नयाँ एक मन्त्री थप्दा कुनै एक मन्त्रीलाई हटाउनु पर्ने बाध्यता छ।

प्रधानमन्त्री दाहालले आफ्नै दल नेकपा माओवादी केन्द्रका एक मन्त्रीलाई हटाएर अनितादेवीलाई मन्त्री बनाउने तयारी गरेका छन्। हाल माओवादीबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन्।

प्रधानमन्त्री दाहालले संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एकलाई हटाउने तयारी छ।

प्रकाशित मिति: १०:५४ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्