Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक आज सकिदैं 

शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। 
कांग्रेस संसदीय दलको बैठक आज सकिदैं 

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ।

शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। 

संसदीय दल बैठकमा सांसदहरूलाई विभिन्न ७ एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ। संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा ध्यानाकर्षण गराउनेजस्ता एजेन्डा तोकिएका छन्। शुक्रबार १९ जना सांसदले धारणा राखेका थिए। 

सांसदहरूले बोलिसकेपछि सांसद रहेका पदाधिकारीहरूले धारणा राख्नेछन् र भापति तथा दलका अध्यक्ष शेरबहादुर देउवा बोलेपछि विभिन्न निर्णय गर्दै बैठक आज सकिनेछ।  

प्रकाशित मिति: ०८:११ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्