Kathmandu Press

कानून तोडमोड गरेर निर्दोष फसाउने काम भयो : नेता कोइराला

सुशासन र मुलुकको वर्तमान अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा नेता कोइरालाले कानून सबैका लागि समान भनेर बनाए पनि व्यवहारमा नदेखिएको गुनासो गरे।
कानून तोडमोड गरेर निर्दोष फसाउने काम भयो : नेता कोइराला
फाइल तस्बिर।

काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कानून तोडमोड गरेर निर्दोषलाई फसाउने काम भएको बताएका छन्।

सुशासन र मुलुकको वर्तमान अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा नेता कोइरालाले कानून सबैका लागि समान भनेर बनाए पनि व्यवहारमा नदेखिएको गुनासो गरे।

‘हामी कानून किन बनाउँछौं। सय जनामा एक जना अपराधी हुन्छ भने त्यसको लागि कानून बनाइन्छ। तर कानून सबैको लागि बराबर हो,’ उनले भने  ‘कानून सबैलाई समान हो भन्छौं, तर ताडमोड गरेर निर्दोषलाई पनि हामी दोषी बनाउँछांै।’

नेता कोइरालाले मानिसको चेतनाको स्तर नउठेसम्म समाज परिर्वतन हुन नसक्ने बताए।

‘विवेक भनेको सबैभन्दा महत्वपूर्ण कुरा हो । विवेक जबसम्म मान्छेमा हुदैँन्, तबसम्म समाजमा परिवर्तन ल्याँउन सक्दैनौ । विवेक मानिसमा ६ देखि १८ वर्षको उमेरसम्म आउँछ,’ उनले भने ‘हामी जुन सुशासनको कुरा गर्छौै, त्यो सबै नैतिकता हो, नैतिकवान व्यक्ति हुने हो भने सुशासनको कुरा नै आउँदैन् । आफै सुशासन हुन्छ । तर त्यो नैतिक चरित्र निमार्ण गर्दा धेरै ध्यान दिनुपर्छ।’
 
आफ्नो नैतिकता र चरित्र राम्रो बनाउँने हो भने सबै समस्याको समाधान हुने उनको भनाई छ।  

 

प्रकाशित मिति: २१:०९ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्