Kathmandu Press

‘माफिया र तस्करी तन्त्रको नेतृत्व प्रचण्ड र ओलीले नै गरेका छन्’

बस्नेतले लोकतन्त्र र प्रजातन्त्रका लागि नेपाली कांग्रेस सबैसँग लड्न तयार भएको बताए । उनले कांग्रेसले राजा र सेनासँग पनि लडेको स्मरण गराउँदै लोकतन्त्र र प्रजातन्त्रका लागि जोसुकैसँग लड्न तयार भएको बताए।
‘माफिया र तस्करी तन्त्रको नेतृत्व प्रचण्ड र ओलीले नै गरेका छन्’

काभ्रे, साउन २७ : नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नै  माफिया र तस्करी तन्त्रको नेतृत्व गरेको अराोप लगाएका छन्।

कांग्रेसको आन्तरिक विशेष अभियानअन्तर्गत बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार काण्डमा मुछिएका आफ्ना नेताहरुलाई प्रचण्ड र ओलीले जाेगाएकाे भन्दै यस्तो आरोप लगाएका हुन्।

‘प्रचण्डजीले सुन तस्करीमा आफ्ना नेताहरु सबै चोखो देखिरहनु भएको छ । गृहमन्त्री, वर्षमान पुन, कृष्णबहादुर महरालगायत मुख्य पात्रलाई बचाउने अनि एउटा चाइनिज व्यापारी, भरियालाई मात्र समाउने? अनि ओलीजीहरु पनि बालुवाटार जग्गा प्रकरणमा मुछिएका आफ्ना नेतालाई बचाउन लाग्नु भएको छ?’ उनले प्रश्न गर्दै भने, ‘यो देशमा तस्करी तन्त्र, माफिया तन्त्रको नेतृत्व दुई नेता प्रचण्ड र ओलीले नेतृत्व गरेका छन्।’

बस्नेतले प्रचण्डले देशलाई पाकिस्तान बनाउने खोजेको हो भने उनले जेलको बाटो रोजिरहेको पनि बताए।

भ्रष्टाचारका फाइलहरु खुल्नुपर्नेमा जोड दिँदै प्रचण्डले आफ्ना नेताहरु बचाएको आरोप लगाए। उनले भने,‘सबै फाइलहरु खोलौं, उच्च स्तरीय आयोग गठन गरौं। आफ्ना नेताहरुलाई भ्रष्टाचारी नदेख्ने अनि अरु नेताहरुलाई देख्ने? गौरको फाइल खुल्छ भने हिजो माओवादीपले हत्या गरेका शिक्षकको फाइलन पनि खुल्नुपर्छ, भौतिक संरचना भात्काएकाहरुको पनि फाइल खुल्नुपर्छ। बैंक लुटेको कुराहरुको पनि फाइल खोल्नुपर्छ। राजनीतिक घटनाक्रम अगाडि बढाउन सबै फाइलन खोल्नुपर्छ।’

365721682_256860930619890_6520133448526551989_n1691852705.jpg

यस्तै, बस्नेतले लोकतन्त्र र प्रजातन्त्रका लागि नेपाली कांग्रेस सबैसँग लड्न तयार भएको बताए । उनले कांग्रेसले राजा र सेनासँग पनि लडेको स्मरण गराउँदै लोकतन्त्र र प्रजातन्त्रका लागि जोसुकैसँग लड्न तयार भएको बताए।

‘यो पाकिस्तान होइन, आफूसँग विचार नमिलेकै कारणले आफूले भनेकै कुरा हुनुपर्ने अथवा आफ्नो पार्टी बाहेक अर्को पार्टीलाई मात्र भ्रष्टाचार देख्ने । यो पाकिस्तान होइन । म उदाहरण दिनसक्छु पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफ विदेश पलायन भए । अर्का पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन्। प्रचण्ड त्यो पथमा जान लागेका हुन् भने नोपली कांग्रेस हिजो राजासँग पनि लडेको हो, सेनासँग पनि लडेको हो। माओवादीसँग आज पनि लड्न चाहन्छौं, लोकतन्त्र र प्रजातन्त्रका लागि,’ उनले भने।

 

प्रकाशित मिति: २०:४८ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्