‘कोशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक छ’

झापा, साउन २७ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन्।
झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुंगाको १४औं क्याम्पस सभाको उद्घाटन गर्दै उनले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताए।
‘अब कोशी प्रदेशमा दलहरू मिल्नुको विकल्प छैन, यो कुरा सबै दलहरूले बुझ्नुभएको छ,’ उनले भने, ‘हामीहरूबीच भएको गठबन्धन पनि झिनो बहुमतको छ, यो झिनो बहुमतले सरकारलाई स्थायित्व दिन सक्दैन। तसर्थ सबै दल मिल्न जरुरी छ।’
मुख्यमन्त्री थापाले यो गठबन्धनको झिनो बहुमतले सरकारको प्रगति र समृद्धिलाई पूर्णता दिन नसक्ने बताउँदै सरकारको स्थायित्वका लागि दलहरूबीच सहमति, सहकार्य र एकता अनिवार्य रहेको बताए।
उनले सरकार अब सबै दलहरूबीचमा सहमति, सहकार्य र एकता गरेर अघि बढ्ने उनले स्पष्ट पारे।











