कांग्रेसले भदाैमा पोलिसी ह्याकाथन कार्यक्रम गर्ने
शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउन पोलिसी ह्याकाथनको घोषणा गरेको हो।
काठमाडाैं, साउन २७ : नेपाली कांग्रेसले नेपाली युवाले सामना गरिरहेका चुनौती र आवश्यकताहरूलाई सम्बोधन गर्ने नीति तयार पार्न पोलिसी ह्याकाथन कार्यक्रम घोषणा गरेको छ।
शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउन पोलिसी ह्याकाथनको घोषणा गरेको हो।
प्रतियोगितामा नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत ४० वर्ष उमेरसम्मका नेपाली नागरिकले भाग लिन पाउने कांग्रेस सहमहामन्त्री जीवन परियारले जनकारी दिए।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा खुल्ला गरिएको आवदेन भाद्र ३ गते बन्द हुने, भाद्र ५ गते १० टोली छनोट हुने र भाद्र ९ गते पार्टी कार्यालयमा फाइनल हुने परियारले बताए। प्रतियोगीतामा तीन हजारदेखि पाँच हजारसम्मको नीतिपत्र तोकिएको ढाँचामा प्रस्तुत गर्नुपर्ने उनले बताए।
प्रतियोगितामा पहिलो हुनेले तीन लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार प्राप्त गनेछन्। शीर्ष तीन टोलीको अवधाराणापत्र र उत्कृष्ट विचार नीति निर्माणका क्रममा ग्रहण गर्ने सहमहामन्त्री परियारले जानकारी दिए।











