Kathmandu Press

जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा

प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६औँ स्मृति दिवसको अवसरमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उहाँले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको मौलिक हक भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य उपचारको सुविधा सबै नागरिकले पाउनु पर्ने औँल्याए।
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा

भक्तपुर, साउन २७ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन्। 

प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६औँ स्मृति दिवसको अवसरमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उहाँले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको मौलिक हक भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य उपचारको सुविधा सबै नागरिकले पाउनु पर्ने औँल्याए।

स्व. कार्कीले प्रजातन्त्र स्थापना पुर्याएको योगदानको स्मरण गर्दै महामन्त्री थापाले सामाजिक योगदानमा पनि कांग्रेस अगाडि बढ्नुपर्ने बताए। कार्यक्रममा कांग्रे केन्द्रीय सदस्य रमा कोइरालाले राजनीतिक मात्रै नभई सामाजिक व्यक्तित्वका रुपमा चिनिनुहुने कार्कीलाई पार्टीले सधैँ सम्झिने बताए।

कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले पार्टीका लागि र देशका लागि योगदान पुर्याउने कांग्रेसका नेता सधैँ जीवित रहने चर्चा गर्दै भक्तपुरको विकासमा कांग्रेसले पुर्याएको योगदान जनतामाझ लैजानुपर्ने बताए।

कांग्रेसका जिल्ला सदस्य कवीर राणा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले स्वर्गीय कार्कीको योगदानका बारेमा चर्चा गरे। प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालयमा अध्ययनरत ११० विद्यार्थीलाई झोला, कापी, कलमलगायत सामग्री वितरण गरे। सो अवसरमा ६४ जनाले रक्तदान गरेका थिए।

प्रकाशित मिति: १७:२४ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्