Kathmandu Press

नेकपा एसनिकट खेलकुद संगठनलाई राखेपमा समावेशका लागि संघर्ष गर्ने खनालकाे चेतावनी

शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन्।
नेकपा एसनिकट खेलकुद संगठनलाई राखेपमा समावेशका लागि संघर्ष गर्ने खनालकाे चेतावनी

काठमाडाैं, साउन २७ : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीनिकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा समावेश नगरिएको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन्।

उनले सरकारलाई समर्थन गरिरहको पार्टीको संगठनलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहन कुनै आवश्यक नरहेको उल्लेख गरे। खेलकुद क्षेत्रमा मानवजीवनलाई स्वस्थ बनाउने मात्रै नभएर देशको नाम स्थापीत गर्ने भएकाले यसलाई स्थापीत गर्नुपर्ने उनले बताए।

उनले देशका सबै तहमा महासंघलाई विस्तार गर्न निर्देशन दिए।

प्रकाशित मिति: १७:१४ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्