Kathmandu Press

अभिनेत्री गुरुङको कविता सङ्ग्रह

चलचित्र ‘बबी’मा अभिनय गरेकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत उतारेको बताइन्।
अभिनेत्री गुरुङको कविता सङ्ग्रह

काठमाडौँ, साउन २७ : अभिनेत्री कविता गुरुङले कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्याएकी छन्।

चलचित्र ‘बबी’मा अभिनय गरेकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत उतारेको बताइन्।

Hardik ivf

उनले भनिन्, 'म कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले तयार गरेकी हुँ । यसमा यथार्थ छ।'

दस कविता सङ्ग्रहित पहिलो पुस्तक सार्वजनिक गरेको बताउँदै गुरुङले अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने जानकारी दिइन्। उनले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा ल्याएकी थिइन्। 

आत्मकथामा उनले ‘कलेज लाइफ’, प्रेम, अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई चित्रण गरेकी छन्। उनले कविता सङ्ग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ प्रस्तुत गरेकी छन्। 

प्रकाशित मिति: १६:५८ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्