युवा पुस्तामा कस्ले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छ : महामन्त्री थापा
शनिबार काठमाडौंमा आयोजित नेपाली लेखक संघ काठमाडौ जिल्ला समितिको दोस्र अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरुमा कस्ले पहिला नेपाल छोड्ने ? भन्ने होड चलेको बताए।
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवा पुस्तामा विदेश पलायन हुने होड नै चलेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाली लेखक संघ काठमाडौ जिल्ला समितिको दोस्र अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरुमा कस्ले पहिला नेपाल छोड्ने ? भन्ने होड चलेको बताए।
उनले भने ‘ नेपाली समाजमा यति ठूलो असन्तुष्टि देखिन्छ यति धेरै व्याकुलता छटपटी छ। युवाहरुमा पलायनको एउटा होड छ की कसले पहिला नेपाल छोड्ने भनेर। युवाहरुको निराश भईरहेको बेलामा राजनीतिक प्रवृति पनि उस्तै देखिएको छ।’
महामन्त्री थापाले आफ्नो भविष्यको लागि छटपटाईरहेका युवाहरुलाई सकारात्मक बाटो देखाएर लानु पर्ने आवश्यकता रहेको बताए।
प्रकाशित मिति: १६:१४ बजे, शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार