Kathmandu Press

ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन अस्थिर बन्यो : घनश्याम भुसाल

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं कोनेप सन्देश युवा विशेषांक विमोचन कार्यक्रममा महासचिव भुसालले ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन सबै अस्थिर भएको बताए।
ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन अस्थिर बन्यो : घनश्याम भुसाल

काठमाडौं, साउन २७ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक नयाँ बाटोमा जाँदै गर्दा केपी शर्मा ओलीको हस्तक्षेपले अस्थिर भएको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं कोनेप सन्देश युवा विशेषांक विमोचन कार्यक्रममा महासचिव भुसालले ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन सबै अस्थिर भएको बताए।

उनले भने, ‘हामी नयाँ बाटो तर्फ जादैँ गर्दा, त्यो बाटोमा ओलीले हस्तक्षेप गरेपछि हाम्रो मुलुकको राष्ट्रिय राजनीति, वाम आन्दोलन सबै अस्थिर भएको छ। त्यसले गर्दा ५ वर्ष गुमाएका छौ त्यो मुलुक र युवाहरुले गुमाएको समय हो।’ महासचिव भुसालले देशको मुख्य समस्या बेरोजगारी भएको र देशको मुख्य आवश्यकता रोजगारी भएको पनि बताए।

उनले भने, ‘कुनै देशमा उत्पादन बढेको छैन् भने त्यहाँ युवाहरुमा रोजगारी छैन्, मुलुक बन्दै गर्दा पनि त्यहाँ युवाहरु हुन्छ, बिग्रिँदै गर्दा पनि युवाहरु हुन्छ। यस अर्थमा देशको मुख्य आवश्यकता र समस्या के हो भने बेरोजगारी समस्या रोजगारी यसको आवश्यकता हो। हामीले राजनीतिक खुट्टा टेकेर उठ्न सकेनौ भने यो मुलुकमा रोजागरीको व्यवस्था हुदैँन।’

अहिलेको राजनीतिलाई वामपन्थी कोणबाट समेट्दै लानुपर्ने बताउँदै महासचिव भुसालले आठ महिनाभित्रमा नेपाललाई कसरी अगाडि बढाउने भन्ने विषय आफ्नो ऐजण्डा सार्वजनिक गर्ने र राजनीति स्थापित गर्ने दृढता व्यक्त गरे। उनले अहिले एमाले ओलीसँग पलपलमा हारिरहेको जिकिर पनि गरे।

उनले भने, ‘नेकपा एमाले हरेक पक्षको लडाइँमा ओलीसँग हारिरहेको छ। अहिले ओलीले एमालेको कपाल समाएर संसदमा हल्लाई रहेका छन्। ओलीले गरेको काम मुलुकको राजनीतिका लागि राम्रो होइन।’

एमाले बालकोटको गेटपाले मात्रै भएको चर्चा गर्दै उनले त्यो हुनु राम्रो नभएको बताए। ओलीको पकडबाट नछुटेसम्म एमालेले मुलुकको लागि एजेण्डा लिएर मुलुकको लागि केही गर्छ भन्ने नसोचे पनि हुने उनको दाबी छ।

एमालेको निधारमा हार्नु मात्रै लेखेको उल्लेख गर्दै महासचिव भुसालले भने, ‘आज एकजनाको विरोध अर्कोले गर्ने सामाजिक सञ्जालमा मनपरी लेख्ने भविष्यका बारेका सोच्नेछैन। विरोध गर्दै हिँडेको छ। भर्त्सनाको राजनीति गरेको छ यसले मुलुकलाई अगाडि बढाउँदैन।’

प्रकाशित मिति: १५:४१ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्