Kathmandu Press

बहुमतको सरकारले मात्र केही हुँदैन, जनताको विश्वासले सबैभन्दा अर्थ राख्छ : गगन थापा 

शनिबार नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको १४औं महाधिवेशनपछिकाे पहिलो नगर सम्मेलनमा थापाले आम जनताको विश्वासले सबैभन्दा ठुलो अर्थ राख्ने बताए। 
बहुमतको सरकारले मात्र केही हुँदैन, जनताको विश्वासले सबैभन्दा अर्थ राख्छ : गगन थापा 

काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतको सरकारले मात्र केही नहुने बताएका छन्। 

शनिबार नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको १४औं महाधिवेशनपछिकाे पहिलो नगर सम्मेलनमा थापाले आम जनताको विश्वासले सबैभन्दा ठुलो अर्थ राख्ने बताए। 

उनले भने, ‘पूर्ण बहुमतमको सरकारले पनि केही हुँदैन रहेछ। राजनीतिक दल प्रति नागरिकहरुको विश्वास चाहिने रहेछ। कतिको विश्वास गरेका छन भन्ने कुराले अर्थ राख्ने रहेछ। नेपाली जनताले नै माथि लाने हो भने जनताले नै रोडमा झार्ने हो।’ 

महामन्त्री थापाले सेवा गर्ने बेलामा कांग्रेसले टोपी खोल्न नहुने बताए। एक जनाले मात्र गरेर केही नहुने बताउँदै उनले हरेक काम टिममा समय सीमा राखेर गर्नुपर्ने बताए।
 
प्रकाशित मिति: १४:५५ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्