Kathmandu Press

चितवनको सौराहामा हात्तीलाई वनभोज

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्राङ्गढमा वनभोज खुवाइएको हो।
चितवनको सौराहामा हात्तीलाई वनभोज

काठमाडाैं, साउन २७ : १२औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्रांगणमा वनभोज खुवाइएको हो।

हात्ती दिवसको अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखर, सहितको भोजन खुवाइने गरिन्छ। सौराहामा निजी स्तरमा सञ्चालित तथा सरकारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको हो।

हात्तीलाई पोष्टिक आहारको रुपमा केरा, स्याउ, उखु, खर्बुजा, चना खुवाइएको थियो। कार्यक्रममा सहभागीहरुले हात्तीलाई लोप हुनबाट बचाउन यसको आवश्यकता महसुस गरी संरक्षणमा नीतिगत व्यवस्था गर्नुपर्ने बताएका थिए।

नेपालमा जंगली तथा घरपालुवा गरी करिव ५ सय हात्ती रहेको तथ्याङ्क छ । सन २०१२ देखि क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको थियो।

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्