Kathmandu Press

देशलाई समृद्धिको दिशातर्फ लैजान युवाहरु तयार हुनुपर्छ : मन्त्री लिम्बू

‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ : नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास' भन्ने नाराका साथ शनिबार अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो।
देशलाई समृद्धिको दिशातर्फ लैजान युवाहरु तयार हुनुपर्छ : मन्त्री लिम्बू

काठमाडाैं, साउन २७ : अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।

‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ : नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास' भन्ने नाराका साथ शनिबार अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो।

दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा मूल समारोहको आयोजना गरेको थियो। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुले देशलाई समृद्धिको दिशातर्फ लैजान युवाहरु तयार हुनुपर्ने बताए।

उनले मुलुकबाट युवाहरुले खोजेका बिषयहरु प्रदान गर्न युवा नीति परिमार्जन गर्न सरकार तयार रहेको जिकिर गरे। युवाहरुलाई उद्यमशिल बनाउन चालू आर्थिक बर्षलाई युवा उद्यमशिल बर्षमा रुपमा मनाउने उनले बताए।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो। 

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्