Kathmandu Press

सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ थुनामुक्त, राेहन अडुकिया पनि छुटे

थुनामा राखिराख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने सर्तमा उनीहरूलाई छाडिएको प्रहरीको भनाइ छ। 
सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ थुनामुक्त, राेहन अडुकिया पनि छुटे

काठमाडौं, साउन २७ : सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ थुनामुक्त भएक छन्। थुनामुक्त हुने ती चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान रहेको प्रहरीले जनाएको छ। 

थुनामा राखिराख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने सर्तमा उनीहरूलाई छाडिएको प्रहरीको भनाइ छ। 

उनीहरू राजस्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका थिए। अध्यागमनले उनीहरुलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बुझाएको थियो।

उनीहरुसँगै व्यवसायी राकेश अडुकियाका छोरा रोहन पनि थुनामुक्त भएका उनले जानकारी दिए। राजश्वको पत्रका आधारमा अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि पक्राउ गरेको थियो। रोहन दिल्लीबाट आएलगत्तै पक्राउ परेका थिए।

राजश्व अनुसन्धान विभागले साउन ३ गते हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ बरामद गरेपछि राकेश अडुकियाका बाबुछाेरा शंकाको घेरामा परेका थिए। सुन तस्करीमा रोहनको संलग्नता खुल्ने आधारहरु नदेखिएको भन्दै राजश्व र सिआइबीले बुझ्न नमानेपछि उनलाई छाडिएको पिन बताइएको छ।  
 
आवश्यक परेका बेला उपस्थित हुने गरी उनलाई छाडिएको स्रोतको भनाइ छ। 

प्रकाशित मिति: १३:४९ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्