Kathmandu Press

सूचनाको हकका लागि समुदाय जागरण अभियान

गत असार ३१ गते विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएको समुदाय जागरण अभियानको पाँचौँ हप्ताको कार्यक्रम आज घट्टेकुलोबाट मैतीदेवी मन्दिरसम्म आयोजना गरियो । झरीसँगै  अभियानकर्मी छाता ओढेर समुदाय जागरण अभियानमा सहभागी भएका थिए। 
सूचनाको हकका लागि समुदाय जागरण अभियान

काठमाडौं, साउन २७ :  सूचनाको हकका अभियानकर्मी सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रम गर्न सक्रिय बनेका छन्।

गत असार ३१ गते विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएको समुदाय जागरण अभियानको पाँचौँ हप्ताको कार्यक्रम आज घट्टेकुलोबाट मैतीदेवी मन्दिरसम्म आयोजना गरियो । झरीसँगै  अभियानकर्मी छाता ओढेर समुदाय जागरण अभियानमा सहभागी भएका थिए। 

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँ एवं काठमाडौँ उपत्यका प्रदेश समितिको संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलोबाट सुरु भएको अभियान मैतीदेवी मन्दिर क्षेत्रमा पुगेर समापन गरिएको थियो। 
 
‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभात फेरीमा ‘सूचना किन माग्ने रु’, ‘सूचना कहाँ माग्ने रु’, ‘कस्ता सूचना माग्ने रु’, ‘सूचना कसरी माग्ने रु’, ‘कसलाई माग्ने रु’, ‘सूचना नदिनेलाई के हुन्छ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो।

सूचनाको हकसम्बन्धी जागरणमूल गीतसहित गरिएको जागरणमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको महासंघ उपत्यका प्रदेश समिति अध्यक्ष ताराबहादुर भण्डारीले राससलाई जानकारी दिए।
 
समापन कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले काठमाडौंका बस्तीबस्तीमा सुरु गरिएको अभियानले सूचनाको हकका विषयमा नागरिकलाई जानकारी दिने काम गरेको बताए। 

महासंघ, जिल्ला कार्यसमिति काठमाडौंले अर्को हप्ता शनिबार अर्थात् भदौ २ गते शनिबारको समुदाय जागरण कार्यक्रम गोेकर्णेश्वर नगरपालिका वडा नं १ को ओखरेनी, चिलाउने र मूलखर्क गाउँलाई केन्द्रित गरेर गर्ने भएको छ। 
 
राजधानीमै भएर पनि कर्णालीका जनताको जस्तो जीवनयापन गरिरहेका त्यस क्षेत्रका स्थानीयवासीलाई सूचनाको हकका विषयमा जानकार बनाउन त्यस बस्तीमा कार्यक्रम गर्न लागिएको जिल्ला समितिका उपाध्यक्ष विनोद बस्नेतले बताए।

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्