Kathmandu Press

लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसिटी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए।
लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

काठमाडौं, साउन २७ : नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसिटी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए।

लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन्। निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक भण्डारीले अन्य लघु चलचित्रमा गीत तथा कथा लेखेका छन्। 

पवन बस्यालको कथा लेखन रहेको चलचित्रमा महेश खड्का, सविना राउत, दीपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डेलगायतले अभिनय गरेका छन्। 

नेपालभित्र जे काम गर्दा पनि सहयोग र प्रोत्साहन नपाएपछि युवाहरु बिदेसिन बाध्य भएको विषयवस्तु चलचित्रमा उतारिएको छ। लिलामीको व्यवस्थापकको जिम्मेवारी युवराज घिमिरेले र सम्पादनको जिम्मेवारी नहकुल खड्काले निर्वाह गरेका थिए।

प्रकाशित मिति: ११:४४ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्