Kathmandu Press

पाँच दिनदेखि अवरुद्ध भीमदत्त राजमार्गमा नयाँ ट्रयाक खोलिँदै

वर्षा जारी रहेको र नयाँ ट्र्याक खोल्न पनि समस्या भइरहेकाले पूर्ण रूपमा यातायात चल्न समय लाग्ने सुवेदीले बताए।
पाँच दिनदेखि अवरुद्ध भीमदत्त राजमार्गमा नयाँ ट्रयाक खोलिँदै

कैलाली, साउन २७ : भीषण वर्षापछि कैलालीको बूढीतोलामा आएको पहिरोका कारण गत सोमबार रातिदेखि अवरुद्ध भीमदत्त राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ।

लामो समयदेखि राजमार्ग अवरुद्ध भएपछि सडक डिभिजन कार्यालयले नयाँ ट्रयाक खोल्ने प्रयास गरिरहेको छ। तर, निरन्तर वर्षा भइरहेको समस्या भइरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरिप्रसाद सुवेदीले बताए।

उनका अनुसार आज एकतर्फी भए पनि सडक खोल्ने र हलुका सवारीसाधन सञ्चालनको प्रयास गरिने छ। वर्षा जारी रहेको र नयाँ ट्र्याक खोल्न पनि समस्या भइरहेकाले पूर्ण रूपमा यातायात चल्न समय लाग्ने सुवेदीले बताए।

सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईसँग जोड्ने एक मात्र राजमार्ग लामो समय अवरुद्ध हुँदा पहाडी सात जिल्लाको जनजीवन प्रभावित भएको हो । पहाडबाट तराई ल्याउनुपर्ने तरकारी पहाडका बारीमै कुहिन थालेका छन्। तराईबाट ढुवानी ठप्प भएपछि पहाडमा दैनिक उपभोग्य वस्तु, इन्धन र औषधिको अभाव हुन थालेको छ।

राजमार्ग बन्द भएपछि बिरामी र अशक्त सबैभन्दा बढी मर्कामा परेका छन् । एम्बुलेन्ससमेत नचल्दा कतिपय सिकिस्त बिरामी थप उपचारका लागि धनगढी आउन सकेका छैनन्।

प्रकाशित मिति: ११:१४ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्