Kathmandu Press

‘कैदी मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुन्छ’

जिल्ला प्रशासन कार्यालयमा पीडित परिवार, अधिकारकर्मी र सरोकारवालाबीच भएको सर्वपक्षीय छलफलमा छानबिन समितिले घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्ने संयोजक पाण्डेले बताए।
‘कैदी मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुन्छ’

संखुवासभा, साउन २७ : गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका संयोजक कमलप्रसाद पाण्डेले जिल्ला कारागार सङ्खुवासभामा बुधबार भएको दुई कैदीको शङ्कास्पद मृत्युबारे निष्पक्ष एवं वस्तुनिष्ठ छानबिन हुने बताएका छन्।

कुटपिटबाट संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो।

सो घटनाको छानविन गर्न गृह मन्त्रालयले बुधबार नै कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

जिल्ला प्रशासन कार्यालयमा पीडित परिवार, अधिकारकर्मी र सरोकारवालाबीच भएको सर्वपक्षीय छलफलमा छानबिन समितिले घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्ने संयोजक पाण्डेले बताए।

पीडित परिवारका सदस्यले घटना भएको चार दिनसम्म पनि घटनाका दोषी सार्वजनिक नगरेको भन्दै आक्रोश व्यक्त गरेपछि सर्वपक्षीय छलफलले तत्काल शवको पोष्टमार्टम गर्ने निर्णय गरेको जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।

प्रकाशित मिति: ०७:२२ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्