सांसद् शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश
न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो।
कामाठाडौं, साउन २६ : नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद् डा.सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुन्धान गर्न काठकाडौं जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो। शर्मालाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत उपस्थित गराएको थियो।
शर्मा नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा शुक्रबार काठमाडौंको गोल्फुटास्थित आफ्नै घरबाट पक्राउ परेका थिए।
नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका अन्यलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको छ।
यो प्रकरणमा सिआईबीले बिहीबार महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो भने शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र सुमेरु सिटी अस्पतालकी डा. पुनम थापा चौधरी पक्राउ गरेको थियो।











