महानगरले कपनको खहरे खोला खाेल्न चलायाे डोजर
काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्ने सहमति भएसँगै त्यहाँ डोजर चलाइएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए। खोला खोल्न दुई वटा डोजर प्रयोग भइरहेको उनले बताए।
काठमाडौं, साउन २६ : काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ।
काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्ने सहमति भएसँगै त्यहाँ डोजर चलाइएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए। खोला खोल्न दुई वटा डोजर प्रयोग भइरहेको उनले बताए।
खहरे खाेला काठमाडौं महानगर-७ र बूढानीलकण्ठ नगरपालिका-१० को सिमानामा पर्छ। महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजे पनि बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगर पछि हटेको थियो।
शुक्रबार चावहिलस्थित नापी कार्यालयमा नक्सासहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको पाण्डेले बताए।
प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार