Kathmandu Press

संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न सभापति देउवालाई कांग्रेस सांसदहरूको सुझाव

अधिकांश सांसदहरूले बोल्नेक्रममा संसदमा गतिरोध उत्पन्न हुँदा जनजीविकाका सवालहरू ओझेलमा परेको बताए। उनीहरुले गतिरोध अन्त्यका लागि सभापति देउवालाई अग्रसरता लिन सुझाव दिएका थिए।
संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न सभापति देउवालाई कांग्रेस सांसदहरूको सुझाव

काठमाडौं, साउन २६ : नेपाली कांग्रेसका सांसदहरूले संसदीय दलको बैठकमा संसद्को गतिरोध अन्त्य गर्न पार्टी नेतृत्वले पहल लिनुपर्ने सुझाव दिएका छन्। 

अधिकांश सांसदहरूले बोल्नेक्रममा संसदमा गतिरोध उत्पन्न हुँदा जनजीविकाका सवालहरू ओझेलमा परेको बताए। उनीहरुले गतिरोध अन्त्यका लागि सभापति देउवालाई अग्रसरता लिन सुझाव दिएका थिए।

संसदीण्य दलको बैठकमा सहभागि सांसदले जनाए अनुसार वैठमा सुन तस्करी प्रकरणमा समेत छलफल भएको थियो। सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा समेत सरकारले गलत गरेको भन्दै केही सांसदले प्रश्न उठाएका थिए। 

शुक्रबारको करिब १५ जना सांसदले बोलेका थिए। बैठक पुनः आइतबार बस्नेगरी सकिएको छ।संसद्को अवरोध हटाउने, संसदमा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक लगायत बिषयमा छलफल गर्न दलको बैठक बोलाइएको हो। 
 
प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्