Kathmandu Press

कोशी सरकारमा सहभागी हुँदै जसपा, निर्मला लिम्बू स्वास्थ्यमन्त्री बन्ने

निर्मलालाई नियुक्ति गरेपछि दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी भएको जनाइएको छ।
कोशी सरकारमा सहभागी हुँदै जसपा, निर्मला लिम्बू स्वास्थ्यमन्त्री बन्ने

विराटनगर, साउन २६ : जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेश नामाकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएपछि जसपा सरकारमा सहभागी हुने भएको हो।

जसपाबाट प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। लिम्बू जसपाबाट कोशी प्रदेशसभाकी एक्ली सांसद हुन्। 

निर्मलालाई नियुक्ति गरेपछि दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी भएको जनाइएको छ।

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्