Kathmandu Press

देशको विकास र समृद्धिको जिम्मेवारी युवाहरुको काँधमा : मन्त्री लिम्बू

अन्तरर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित युवा पदयात्रामा मन्त्री लिम्बूले सबै युवाहरुले आफूलाई सक्षम बनाएर देशको विकास र समृद्धिको जिम्मेवारी बहन गर्न तयारी गर्नुपर्ने बताएका हुन्।
देशको विकास र समृद्धिको जिम्मेवारी युवाहरुको काँधमा : मन्त्री लिम्बू

काठमाडाैं, साउन २६ : युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देशको विकास र समृद्धिको जिम्मेवारी युवाहरुको भएको बताएका हुन्।

अन्तरर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित युवा पदयात्रामा मन्त्री लिम्बूले सबै युवाहरुले आफूलाई सक्षम बनाएर देशको विकास र समृद्धिको जिम्मेवारी बहन गर्न तयारी गर्नुपर्ने बताएका हुन्।

उनले रोजगारीको व्यवस्था लगाएतमा युवाहरुको असन्तुष्टिलाई सम्बोधन गर्न सरकार तयार रहेको जिकिर गरे। मन्त्री लिम्बूले युवाहरुका लागि देशमे काम गर्ने अवस्था सिर्जना हुने भन्दै अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे।

उनले मुलुकमा भएको परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने र संविधानमा भएका अधिकारहरुलाई प्रयोग गर्नुपर्नेमा जोड दिए।

त्यस्तै मन्त्री लिम्बुले मुलुकको आर्थिक विकासका लागि पनि एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। 

प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्