एमालेको अवरोधका कारण साउन ३१ गतेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरि बैठक स्थगीत भएको हो।
काठमाडाैं, साउन २६ : नेकपा एमालेको अवरोधका कारण शुक्रबार पनि राष्ट्रियसभाको बैठक प्रभावित भएको छ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरि बैठक स्थगीत भएको हो।
बैठकको सुरुमा केहि सांसदहरुले धारणा राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यसूचीका कार्यक्रमलाई अघि बढाउन खोज्दा एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए।
एमाले सांसदहरुले उठेर विरोध जनाएपछि आफुहरुले पनि बोल्न पाउनुपर्ने र कार्यसूचीलाई अघि बढाउनुपर्ने भन्दै सत्ता पक्ष सांसदहरुले पनि उठेर विरोध जनाएका थिए।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गर्दा पनि विरोधलाई निरन्तरता दिएपछि बैठक साउन ३१ गतेसम्मका लागि बैठक स्थगीत गरे।
प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











