संसद्को गतिरोधप्रति राष्ट्रपतिको चासो
सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शीतल निवासमा शुक्रबार बिहान भएको भेटमा उनले संसद्को गतिरोधप्रति चासो राख्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
काठमाडाैं, साउन २६ : राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा जारी गतिरोधप्रति चासो व्यक्त गरेका छन्।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शीतल निवासमा शुक्रबार बिहान भएको भेटमा उनले संसद्को गतिरोधप्रति चासो राख्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राखेका थिए।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएका थिए।
प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता संघीय संसदको दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।