नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई चिकित्सक पक्राउ
मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकारलाई पक्राउ गरिएको सिआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
काठमाडौं, साउन २६ : नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो।
मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकारलाई पक्राउ गरिएको सिआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौंबाट पक्राउ गरिएको हो। नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ।
यही प्रकणमा सिआईबीले बिहीबार सांसद तथा मेडिकल व्यवसायिक सुनिल शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो।
प्रकाशित मिति: ११:१५ बजे, शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार