Kathmandu Press

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं, साउन २६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीका अनुसार चीन जान लागेको अवस्थामा उनीहरूलाई सिआईबीले नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लेको जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।

दुवै चिनियाँ नागरिक हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको बताइएको छ। यही प्रकरणमा यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक अर्का चिनियाँ नागरिक पक्राउ परेका थिए।

यही प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए।

विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालो सूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ।

क्विन्टल सुन तस्करी प्रकरणमा संगठित अपराधका दफा लगाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ। सुरुमा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेर अघि बढाएको अनुसन्धानको जिम्मा बीचमै सीआईबीलाई दिएको थियो।

प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्