Kathmandu Press

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

सचिवालयका अनुसार आजको प्रतिनिधि सभा बैठकमा विभिन्न ७ वटा कार्यसूची तय गरिएको छ। जसअनुसार सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने लगायत छन्।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं, साउन २६ : प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने संसद्‌ सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको प्रतिनिधि सभा बैठकमा विभिन्न ७ वटा कार्यसूची तय गरिएको छ। जसअनुसार सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने लगायत छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठक एमालेको अवरोधका कारण स्थगित भएको थियो। सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले लगातार संसद्‌ अवरोध गर्दै आइरहेको छ।

राष्ट्रिय सभा बैठक पनि आजै बस्दैछ। बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्प विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने लगायत पाँच वटा कार्यसूची रहेको छ।

प्रकाशित मिति: ०७:३५ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्