कांग्रेस संसदीय दलको बैठक बस्दै
बैठक संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । साउन १० गतेबाट नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
काठमाडौं, साउन २६ : सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बैठक बोलाइएको छ ।
बैठक संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । साउन १० गतेबाट नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
कांग्रेसले संसद्को गतिरोध अन्त्यको विषयमा छलफल गर्न लागेको हो । यसअघि, पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार संसदीय दल कार्यसमितिको बैठक समेत बसेको थियो ।
प्रकाशित मिति: ०७:३० बजे, शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार