Kathmandu Press

सिम्रिक एयरको उडानमा प्रतिबन्ध

सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण ४६ लाख रुपैयाँ पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा प्रतिबन्ध लगाएको हो।
सिम्रिक एयरको उडानमा प्रतिबन्ध

काठमाडौं, साउन २५ : सिम्रिक एयरको उडानमा प्रतिबन्ध लागेको छ। वित्तीय अवस्था कमजोर देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा प्रतिबन्ध लगाएको हो।

सिम्रिक एयरले प्राधिकरणलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने छ। तर, पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको हो।

कमजोर वित्तीय अवस्थाका कारण कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था आएपछि सेवामा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनले यस्तो अवस्था आउनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर भएको पनि बताए।,

सिम्रिक एयरसँग अहिले चार वटा हेलिकप्टर छन्। तीमध्ये २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् ।

अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे हुने बताइएको छ।

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्