Kathmandu Press

सिआइबीले सांसद शर्मा पक्राउबारे संसद सचिवालयमा आजै जानकारी दिने

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयमा टोली पठाएको जनाइएकाे छ। कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ।
सिआइबीले सांसद शर्मा पक्राउबारे संसद सचिवालयमा आजै जानकारी दिने

काठमाडौं, साउन २५ : नेपाल प्रहरीले कांग्रेस सांसद सुनिल शर्मा पक्राउबारे संघीय संसद सचिवालयलाई आजै जानकारी गराउने भएको छ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयमा टोली पठाएको जनाइएकाे छ। कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ।

मोरङ ३ बाट निर्वाचित शर्मालाई  सिआइबी टोलीले आज उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हो।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो। उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए।

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्