Kathmandu Press

कांग्रेस सांसद सुनिल शर्मा निवासबाटै पक्राउ

मोरङ–३ बाट निर्वाचित शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हो।
कांग्रेस सांसद सुनिल शर्मा निवासबाटै पक्राउ

काठमाडाैं,साउन २५ : नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

मोरङ–३ बाट निर्वाचित शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हो।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो। उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।

उनलाई पक्राउ गर्नुको कारणबारे सिआइबी भने कुनै जानकारी गराएको छैन। शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई गराएका छन्।

शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालकसमेत हुन्।

प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्