Kathmandu Press

पहिचानको मुद्दा घृणा फैलाउनका लागि हाेइन : अध्यक्ष ओली 

बिहीबार काठमाडौंमा आयोजित २९ औं विश्व आदिवासी दिवसको सन्र्दभमा आयोजित कार्यक्रममा उनले, कार्यक्रममा उनले हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्न, समानता र सदभावको लागि भएको बताए। 
पहिचानको मुद्दा घृणा फैलाउनका लागि हाेइन : अध्यक्ष ओली 

काठमाडौं, साउन २५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान देशको हितको लागि हुनुपर्ने बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित २९ औं विश्व आदिवासी दिवसको सन्र्दभमा आयोजित कार्यक्रममा उनले, कार्यक्रममा उनले हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्न, समानता र सदभावको लागि भएको बताए। 

‘पहिचान देशको हितमा हुनुपर्छ। देशको हितको लागि पहिचान हो। देशमा समस्या खडा गर्नको लागि हाम्रो पहिचाानको मुद्दा हो र ?' उनले भने, 'हाम्रो पहिचानको मुद्धा समस्या समाधान गर्नको लागि र समानताको सद्भावको लागि हो। पहिचानको मुद्धा घृणा फैलाउनको लागि हैन्। विजनेशको लागि हैन मित्रता बढाउनको लागि हो।’

नेकपा एमाले सँधै समानताको पक्षमा उभिएको बताएका छन्। राष्ट्रिय एकताले मात्र देशको हित र विकास गर्न सकिने उनको भनाई छ। सामाजिक न्याय र समानता आदिवासी जनजातीको विषय मात्रै नभई सम्पूर्ण  नेपालीको विषय भएको उनको भनाइ छ। 
 
प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्