Kathmandu Press

शीत भण्डारमा करोड भ्रष्टाचार भएको अभियोगमा १६ विरुद्ध मुद्दा 

अभियोगपत्र अनुसार शीत निर्माण कार्यमा वास्तविकभन्दा बढी भुक्तानी भएको निष्कर्षमा अख्तियार पुगेको छ।
शीत भण्डारमा करोड भ्रष्टाचार भएको अभियोगमा १६ विरुद्ध मुद्दा 

काठमाडौं, साउन २५ : सुर्खेतस्थित वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माणमा भ्रष्टाचार आरोपमा तत्कालीन आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनपछि तत्कालीन आयोजना प्रमुख भारी, इन्जिनियर महेश शर्मा, सबइन्जिनियर गणेश भण्डारी, वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डित, लेखा अधिकृतहरू हरिबहादुर थापा, खिमलाल वली र उत्तमकुमाार बस्नेत, निर्देशक भक्तिराम शर्मा, प्राविधिक सहायक गुरुप्रसाद अधिकारी, कृषि अधिकृत सुरेश कुमार थापा र सहलेखापाल उषा ठाडाविरुद्ध भ्रष्टाचार कसुरमा मुद्दा दर्ता भएको हो।

भ्रष्टाचारमा सबइन्जिनियर सुवर्णराज भारती, कर्णाली कोल्ड चेन लजिस्टिक प्रालिका सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल र प्रवल शाहीलाई पनि प्रतिवादी कायम गरिएको छ।

अभियोगपत्र अनुसार शीत निर्माण कार्यमा वास्तविकभन्दा बढी भुक्तानी भएको निष्कर्षमा अख्तियार पुगेको छ। शीत भण्डार निर्माण कार्य गर्दा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतबाट कर्णाली कोल्डचेन लजिस्टिक प्रालिलाई भुक्तानी भएको ९२ लाख ४३ हजार २९८ रुपैयाँ भ्रष्टाचार भएको दाबी अख्तियारको छ।
 

प्रकाशित मिति: १६:२० बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्