कानुनमन्त्री गुरुङ एक्कासि बिरामी, मनमोहन कार्डियो सेन्टरमा भर्ना
मन्त्रालयमै काम गरिरहेका बेला मन्त्री गुरूङलाई एक्कासी असजिलो भएपछि अस्पताल लगिएको थियो। गुरुङलाई मन्त्रालयबाट शुरुमा अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो।
काठमाडौं, साउन २५ : कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ एक्कासी विरामी परेका कारण अस्पताल भर्ना भएका छन् ।
मन्त्रालयमै काम गरिरहेका बेला मन्त्री गुरूङलाई एक्कासी असजिलो भएपछि अस्पताल लगिएको थियो। गुरुङलाई मन्त्रालयबाट शुरुमा अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो।
अस्पतालमा परीक्षण गर्दा मुटुको धड्कन कम र ब्लड प्रेसर देखिएपछि न्यूरोबाट अहिले महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ ।
मन्त्री गुरूङ कार्यालय पुगेको केही समयपछि नै असहज भएको जनाइएको छ। अहिले महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार