Kathmandu Press

विद्यालय शिक्षा विधेयकविरूद्ध एनप्याब्सन, हिसान र प्याब्सनको प्रदर्शन

विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याब्सन, हिसान र प्याब्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
विद्यालय शिक्षा विधेयकविरूद्ध एनप्याब्सन, हिसान र प्याब्सनको प्रदर्शन

काठमाडाैं, साउन २५ : शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरी सरकारले शिक्षासम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याब्सन, हिसान र प्याब्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

'प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर', 'अवसरमा समान पहुँच', 'विधेयक कसले र कसका लागि बनायौं?', 'विभेदको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गर्छाै' लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धराशयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताए। गुठीमा भएका विद्यालयहरुले नै दुख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए।

शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउदै उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्, जसअनुसार असार २६ गते अन्तरक्रिया गर्ने, २७ गते समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने उनीहरुले जनाएका छन्।

प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्