Kathmandu Press

गगनलाई रवीन्द्रको प्रश्न : देशभन्दा ठुलो सिद्धान्त कसरी हुन्छ?

‘विचार व्यक्तिको हुन्छ। व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ। पार्टी समुहको हुन्छ। देश सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुबैको विचार अटाउनु पर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ? देशभन्दा ठुलो सिद्धान्त कसरी हुन्छ?’
गगनलाई रवीन्द्रको प्रश्न : देशभन्दा ठुलो सिद्धान्त कसरी हुन्छ?

काठमाडौं, साउन २५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई देशभन्दा ठुलो सिद्धान्त कसरी हुन्छ? भनेर सोधेका छन्। बिहीबार सामाजिक सञ्जालमा उनले थापालाई देशभन्दा माथि विचार र देशभन्दा ठुलो सिद्धान्त कसरी हुन्छ? भनेर प्रश्न गरेका हुन्।

‘विचार व्यक्तिको हुन्छ। व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ। पार्टी समुहको हुन्छ। देश सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुबैको विचार अटाउनुपर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ? देशभन्दा ठुलो सिद्धान्त कसरी हुन्छ?’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।

महामन्त्री थापाले बुधबार अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘विचारभन्दा माथि देश मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो’ भन्ने अभिव्यक्ति दिएका थिए।  सो अभिव्यक्तिप्रति विमति राख्दै मिश्रले जवाफ फर्काएका हुन्।

‘आज आफ्नै कार्यकर्ता र नेताको घाँटी रेट्ने, छातीमा गोली ठोक्ने माओवादीको वैशाखी नटेकी कांग्रेसले राजनीति गर्नै नसक्ने भएको छ। गरिहाल्यो भने पनि त्यसले कांग्रेसको पुरानो प्रतिष्ठा र गौरव फर्काउन नसक्ने अवस्थामा पुगेको छ। कांग्रेस यस्तो अवस्थामा पुगिसक्यो, हेरिराख्नोस्, तपाईं नै प्रधानमन्त्री हुनुभयो भने पनि, तपाईंले फाट्टफुट्ट केही राम्रा कामबाहेक समग्र देश रूपान्तरणको कार्य गर्नै सक्नुहुन्न।’ मिश्रले लेखेका छन्। उनले कुनै बेला आफू प्रधानमन्त्री भए भन्ने भावनालाई नै जीवनको सबैभन्दा ठुलो उपलब्धि ठान्नुपर्ने अवस्था आउने भन्दै उनले विचारभन्दा देशलाई माथि राख्न अनुरोध गरेका छन्। 

'म देशको प्रधानमन्त्री भएँ' भन्ने भावनालाई नै तपाईंले जीवनको सबैभन्दा ठूलो उपलव्धिका रूपमा हेर्नुपर्ने अवस्था आउनेछ।तपाईं चार पटक सांसद, एक पटक मन्त्री र पार्टीको महामन्त्री भएको मान्छे, तपाईंले विचारभन्दा माथि देशलाई राखिदिनुभयो र कांग्रेसलाई बीपीको मार्गमा फर्काउने चेष्टा गर्नुभयो भने, यो देश र कांग्रेस पार्टीका लागि त्यो भन्दा ठुलो देन अर्को हुने छैन। तपाईं ‘राजनीतिकर्मी’बाट ‘राजनेता’ बन्नु हुनेछ! राजनेता बन्ने कि राजनीतिकर्मी बन्ने आफैँ निर्क्यौल गर्नुहोला।’उनले भनेका छन्।
 

प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्