कपनमा बालेनको डोजर, स्थानीयको विरोध
बिहीबार काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको हो।
काठमाडौं, साउन २५ : बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन महानगरको टोली कपन पुगेको छ।
बिहीबार काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको हो।
स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो। स्थानीयको विरोभ पछि डोजर चल्न दिइएको छैन्।
काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर चलाएको स्थानीयको भनाइ छ।
प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार