Kathmandu Press

सभापति देउवाले बाेलाए संसदीय दलको समितिको बैठक

४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए।
सभापति देउवाले बाेलाए संसदीय दलको समितिको बैठक

काठमाडौं, साउन २५ : कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन्।

उनले आज दिउँसो ४ बजेका लागि आफ्नै निवासमा बैठक बोलाएका हुन्। बैठकमा संसदमा जारी गतिरोध हटाउनेलगायत विषयमा छलफल हुने जनाइएकाे छ।

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन्।

समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएकाे बताइएकाे छ।

सुन तस्करीबारे छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद अवराेध गर्दै आएकाे छ।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्