नयाँबानेश्वरमा ट्याक्सी चालकहरुद्वारा प्रदर्शन, ट्राफिक ज्यादती बन्द गर्नुपर्नेलगायत माग
बिहीबार बिहान नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
काठमाडौं, साउन २५ : ट्याक्सी चालकहरुले काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन्।
बिहीबार बिहान नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
‘ट्याक्सी एकता जिन्दावाद’, ‘ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन्।
उनीहरूले निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन नगरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्नेलगायत माग राखेका छन्।
प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











