पहिचानका लागि आदिवासी जनजातिले अब धेरै पीडा सहनु पर्दैनः एमाले अध्यक्ष ओली
अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका सन्दर्भमा हुम्लाका युवाले आयोजना गरेको ‘हाम्रो संस्कृति तथा युवाका आवाज’ विषयक कार्यक्रम एमाले अध्यक्ष ओलीले आदिवासी जनजातिले अब धेरै पीडा सहनु नपर्ने बताए।
काठमाडौं, साउन २४ : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजातिले आफ्नो पहिचान झल्कने गरी नाम र थर लेख्न पाउनु प्रारम्भिक अधिकार भएको बताएका छन्।
अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका सन्दर्भमा हुम्लाका युवाले आयोजना गरेको ‘हाम्रो संस्कृति तथा युवाका आवाज’ विषयक कार्यक्रम एमाले अध्यक्ष ओलीले आदिवासी जनजातिले अब धेरै पीडा सहनु नपर्ने बताए।
हुम्लाका युवाहरुले आफ्नो पहिचान, संस्कृति र आवाज सधै ओझेलमा पर्ने गरेको गुनासो गरेपछि अध्यक्ष ओलीले त्यसको अपनत्व आफूले विगतदेखि लिँदै आएको बताए।
हुम्ला बाहिरका मानिसका लागि हुम्लाका युवाहरुले त्यहाँको संस्कृति, भाषा, भेषभूषालाई विस्तार गरेको पनि अध्यक्ष ओलीको भनाइ छ। ओलीले हुम्लाको दुर्गमता हेरेको भन्दै स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, त्यहाँका समस्यालगायतका सन्दर्भमा आफूले काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि सक्दो गर्ने र सम्बन्धित ठाउँमा पु¥याउने प्रतिवद्धता जनाए।
कार्यक्रममा हुम्लाका युवालाई रोजगारीको अवसर श्रृजना गर्न, समाज विकासको कार्यमा समावेश गर्न र युवालाई उद्यमी बनाउन सरकारले अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
हुम्लाको व्याशी, गोप्का न्यीन्बा, नाम्खा र लिमीका यूवाहरुको संयुक्त आयोजना तथा आधार नेपालको सहयोगमा भएको कार्यक्रममा हुम्लाको संस्कृति झल्कने विभिन्न प्रस्तुती पनि प्रस्तुत गरिएको थियो।











