Kathmandu Press

‘भोटका लागि जातीयता मलजल गर्ने काम भइरहेको छ’

‘केही राजनीतिक दल, केही व्यक्ति र केही अन्तर्राष्ट्रिय शक्तिहरु नेपालमा भोटको लागि होस् अथवा द्वन्द्व स्थापनाका लागि होस्, जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरिरहेका छन्,’ उनले भने।
‘भोटका लागि जातीयता मलजल गर्ने काम भइरहेको छ’

काठमाडौं, साउन २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले भोटको लागि जातीयता मलजल गर्ने गरेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही राजनीतिक दल र अन्र्राष्ट्रिय शक्तिहरुले नेपालमा भोटको लागि र द्वन्द्व निम्त्याउन जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरीरहेका आरोप लगाएका हुन्।

‘केही राजनीतिक दल, केही व्यक्ति र केही अन्तर्राष्ट्रिय शक्तिहरु नेपालमा भोटको लागि होस् अथवा द्वन्द्व स्थापनाका लागि होस्, जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरिरहेका छन्,’ उनले भने।

उनले एकजना पूर्वप्रधानमन्त्रीले काठमाडौंका नेवारहरुले र गुठीहरुले प्राप्त गर्दै आएका पूजाआजाको सूविधासम्म खोस्ने काम गरेको आरोप लगाए ।

‘एकजना पूर्वप्रधानमन्त्रीले नेपालका आदिवासी जनजातिको पक्षमा लेख्नुहुन्छ, बोल्नुहुन्छ । तर जब प्रधानमन्त्री बन्नु भयो काठमाडौंका नेवारहरुले यहाँका गुठीहरुले प्राप्त गर्दै आएका पूजाआजाको सूविधासम्म खास्ने काम गर्नुभयो,’ उनले भने ।

प्रकाशित मिति: १९:४५ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्