रास्वपाले भन्यो- स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु
कुनै पनि प्रकारका नागरिकका समस्या सहजीकरणका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिन सिगो पार्टी पङ्क्तिलाई नै सुसूचित गराएको हो।
काठमाडौं, साउन २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ।
रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले आज एक विज्ञप्ति जारी गर्दै ¥यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा जनताको उद्धार गर्नका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमति लिन भनेका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनले आज मुग्लिन–नारायणगढ सडकखण्डमा रास्वपाको आरएटी टिमले कार्यालयबाट स्वीकृत नलिएको भन्दै सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला÷स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र उद्धारमा खटिनसक्ने बताएपछि रास्वपाले यस्तो निर्देशन दिएको हो।
रास्वपाद्वारा जारी विज्ञप्तिले यस्ता कुनै पनि प्रकारका नागरिकका समस्या सहजीकरणका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिन सिगो पार्टी पङ्क्तिलाई नै सुसूचित गराएको हो।
‘अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र ¥यापिड एक्सन टिमले जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार जानकारी गराइन्छ।’











