अमन चौधरी (अग्रवाल) र सोफिया रुथ भण्डारीकाे नागरिकता रद्द गर्ने सरकारकाे निर्णय
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन्।
काठमाडौं, साउन १४ : सरकारले अमन चौधरी (अग्रवाल) र सोफिया रुथ भण्डारीले झुटा विवरण पेस गरी नागरिकता लिएको देखिएकाले नागरिकता रद्द गरी नेपाली नागरिकबाट हटाउने र संलग्न व्यक्तिहरुलाई कारवाही गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन्।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवश्यक पर्ने राजपत्रांकित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले भदौ १९ र २० गते स्विडेनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तलाई स्वीकृति दिने, सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताइन्।
बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको छ।











