Kathmandu Press

सुन तस्करी अनुसन्धानमा सबैले राज्यलाई सघाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्यले गर्ने अनुसन्धान पूर्ण नभए अर्को निर्णय दिन सकिने भन्दै अहिले अनुसन्धानका लागि राज्यलाई सहयोग गर्नुपर्ने जिकिर गरिन्।
सुन तस्करी अनुसन्धानमा सबैले राज्यलाई सघाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं, साउन १४ : सञ्चारमन्त्री रेखा शर्माले सुन तस्करी काण्डमा राज्यका निकायहरूले छानबिन गरिरहेको र त्यसको प्रक्रिया अघि बढेकाले त्यसमा विश्वास गर्नुपर्ने बताएकी छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्यले गर्ने अनुसन्धान पूर्ण नभए अर्को निर्णय दिन सकिने भन्दै अहिले अनुसन्धानका लागि राज्यलाई सहयोग गर्नुपर्ने जिकिर गरिन्।

उनले लगातार सदन अवरोध गर्नु राम्रो नभएकाले निकास खोज्न सरकार छलफलमा जुटेको जानकारी दिइन्। प्रवक्ता शर्माले कपन लगायत काठमाडौंका विभिन्न स्थानमा आएको बाढीप्रति सरकार गम्भीर रहेको भन्दै अव बिकासको योजनालाई व्यवस्थीत रुपमा अघि बढाउनुपर्ने धारणा राखिन्।

त्यस्तै उनाले पशुचौपायामा देखिएको लम्पी स्किन महामारीको नियन्त्रण र राहत प्रदान गर्नका लागि कृषि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिइन्।

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्