Kathmandu Press

ललिता निवास प्रकरणका आरोपीलाई सात दिन थुना म्याद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले गत असार १२ गते भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनवहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई पक्राउ गरेको थियो।
ललिता निवास प्रकरणका आरोपीलाई सात दिन थुना म्याद

काठमाडौं, साउन २४ : काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले गत असार १२ गते भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनवहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई पक्राउ गरेको थियो।

उक्त प्रकरणमा अहिलेसम्म २० जना पक्राउ परेका छन्। ब्युरोले उनीहरूलाई ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ।
 
प्रकाशित मिति: १७:११ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्