नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर दुई पक्षद्वारा नाराबाजी
पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट पक्ष र संस्थापन पक्षबीच नारावाजी भएको हो।
काठमाडौं, साउन २४ : नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर दुईपक्षले पार्टी कार्यालय सानेपामा नारावाजी गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट पक्ष र संस्थापन पक्षबीच नाराबाजी भएको हो।
असन्तुष्ट पक्षले बुधबार पार्टी कार्यालय सानेपामा बृहत विद्यार्थी भेला तथा विधानसम्मत भन्दै केन्द्रीय कार्यसमिति घोषणा कार्यक्रम राखेको थियो। तर नेविसंघका अर्को समूहले नारावाजी गर्दै उक्त भेला रोक्न खोजेको थियो। दुईपक्षबीच विवाद भएपछि प्रहरीले पार्टी कार्यालयमा दुवै समूहलाई प्रवेशमा रोक लगाएको थियो।
सो क्रममा पार्टी कार्यालयको गेट बाहिर दुवै पक्षले एकअर्का बिरुद्ध नारावाजी गरेका थिए। नियमित महाधिवेशन नहुँदा केही समयदेखि तदर्थ समितिकै भरमा नेविसंघ चल्दै आएको छ।
शेर्पा अध्यक्ष रहेकै समितिमा सभापति देउवाले ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए। नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनाएपछि विधानविपरीत भन्दै अर्को पक्ष असन्तुष्ट छ।















